
पथरी । नेपाल पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा ३ दिवसिय मल्टीमिडिया तालिम सुरु भएको छ ।
लेटाङ नगरपालिका स्थित कृषि विकास बैंकको सभाहलमा असार १६, १७ र १८ गते सम्पन्न हुने तालिम बिहिवार उदघाटन भएको भएको हो ।
यातायात ब्यवस्था तथा संचारमन्त्री उपेन्द्र घिमिरे प्रमुख अतिथि रहेको कार्यक्रममा सबिन धमलाले समय सापेक्ष अनुसार डिजिटल प्रबिधिमा फोटो, अडियो, भिडियोको सैदान्तीक पक्षमा रहेर सहजीकरण गरेका थिए ।






