लक्ष्मी प्रसाद फुयाल

लक्ष्मी प्रसाद फुयाल
कहाँ खोजौँ नेपाल देश जहाँ त्यही टावर
मन्त्रीको भन्दा बढी देख्छु पियनको पावर ।।
टावरमा चढेर हेर्दा ओहो ! नेता देखें टाउके
बाट्बाटैमा सुत्केरी छन् भिख माग्दै घाईते ।।
भोकाएका संग ब्यर्थको बाद नकेलाउ
छट्पाटाएका संग झन् उन्माद नदेखाउ ।।
शुवह यता साम उता ठेगान नलेखाउ
मेला हो यो आइ जाईको तादाद नदेखाउ ।।
साम दाम दण्ड भेद राजनीतिका सार
चलाउन जानो भने कहिल्यै हुन्न हार ।।
सिसि चीची माम खाएर दिँदा हुन्न मतदान
मत किनेर विजय हुँदा नगरेस् अभिमान ।।
सज्जन खेदाइ जाली पस्दा भएछ झ्याली
कसरी प्रगती होला राम्रा मान्छे फ्याली ।।
पक्ष विपक्ष संगै बसी खान्छन् बांडीचुडी
दिन् दिनै गरिब लुट्दा नेताको फर्क्यो भुंडी ।।
डाँडाकाँडा टावर बनाउँदा हस्पिटल स्कुल खोई
गरिबका बाटा बाटै सुत्केरी छन् परदेशमा पोई ।।
सेटिङ छ जताततै कार्यालयमा आफ्नो मान्छे हुल्न
शिक्षक कर्मचारी ब्यस्त छ नेताको भोट माग्दै डुल्न ।।
मोरङ पथरी शनिश्चरे





