
खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सीलाका १६ वर्षिय बालकले एक ५ वर्षकी बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन ।
ति बालकले छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलयले पक्राउ गरेको हो ।
बालिकाको आमाले देखेपछि फरार भएका बालकलाई बिहिबार बिहान २ बजेको समयम प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका बालकलाई न्यायिक हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।






