
पथरी । नेकपा एमाले पार्टीबाट सिफरिसमा परेकी सांसद हिमादेवी बस्नेतले गोपनियताको सपथ लिएकी छिन ।
१ नम्बर प्रदेशको मुख्यमन्त्री राजेन्द्र राई उपस्थितीमा सभामुख प्रदिपकुमार भण्डारीले सपथग्रहण गराएका हुन ।
मंगलवार प्रदेशसभामा सफतग्रहण गराइएको थियो । धनकुटा स्थाई घर भएकी बस्नेत एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि रिक्त रहेको सो स्थानमा समानुपातिक कोटाबाट बस्नेतलाई नियुक्त गरिएको एमालले जनाएको छ । बस्नेतको कार्यकाल ४ महिना हुनेछ ।






