पथरी । सिता छधारे सामुदायिक वन उपभोत्ता समुहले उपभोत्ता सदस्यको छोरा/छोरीलाई छात्रवृति प्रदान गरेको छ ।
मपथरीशनिश्चरे वडा नं ९ र १०, मोरङ्ग उत्त समुहको २० औ बार्षिक साधारणसभाबाट अनुमोदित गरिब तथा जेहेन्दार बिधार्थीलाई शैक्षिक सहयोग बितरण गरेको हो ।
मंगलवार वन समुहकै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि क्षेत्र नम्बर १ बाट बिकल लिम्बू र अस्मिता लिम्बूलाई जनही ५ हजार, क्षेत्र न. २ बाट केरेन लिम्बू र मेनुका गुरुङ्ग जनही ५ हजार रुपैयाँ क्षेत्र न. ३ बाट सुदिप दाहाल र बिना पराजुली जनही ५ हजार प्रदान गरिएको थियो ।
क्षेत्र न. ४ बाट सुशील कार्की र कमला दाहाल जनही ५ हजार, क्षेत्र न. ५ बाट निर्जला धिमाल र आशा धिमाल जनही ५ हजार, क्षेत्र नं ५ बाट आयूशा तामाङ्ग रोश्मी धिमाललाई प्रदान गरिएको छ । समितिका अध्यक्ष अमृतामाया तामाङ, उपाध्यक्ष प्रकाश अधिकारी सचिव राजकुमार लिम्बु सहसचिव सुस्मिता लिम्बु र कोषाध्यक्ष खगेन्द्र कठायतको उपस्थिती यो छात्रवृति रकम वितरण गरेको थियो । तस्वीर राजकुमार लिम्बुको फेसबुकबाट

तपाईको प्रतिक्रिया