
पथरी । पथरीशनिश्चरे शनिश्चरे १ का वर्ष ४४ का भानु एङदेनलाई लागुऔषध सहित मंगलवार विराटनगरबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीको टोलीले एङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल सहित पक्राउ गरेको हो ।
यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान – ११ का ३८ बर्षीय राजु घिमिरेलाई बिभिन्न किसिमका लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको छ । घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक –२० एम्पुल, एभिल–२० एम्पुल, डाईजेल्याब–२० एम्पुल र फेनरागन–२० एम्पुल बरामद गरेको प्रहरी जनाएको छ । पक्राउ परेका दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।






