पथरी । जिल्ला प्रहरी कार्यालय मोरङले बिभिन्न मुद्धामा कैद सजाय र जरिवाना घोषणा भएका १० जनालाई पक्राउ गरि अदालतमा बुझाएको छ ।
जिल्ला अदालत मोरङको आदेशमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीले पक्राउ अदालतमा बुझाईएको हो ।
पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका ११ का वर्ष ३० का जर्मन कार्की ३० चोरी ३ महिना कैद ४० हजार जरिवाना, उर्लाबारी नगरपालिका ७ का वर्ष ३१ का प्रलाद पौडेल विष्फोटक पदार्थ ११ कैद र १ हजार जरिवाना, उर्लावारी नगरपालिका वडा न. २ का २७ वर्षका जीवन नेपाली लागु औषधमा २५ दिन कैदको आदेश छ ।
यस्तै मिक्लाजुङ गापा ६ का वर्ष ३४ का रोशन लिम्बु चोरी कसुरमा ४ महिना कैद र १ लाख ५५ हजार जरिवाना, मिक्लाजुङ गापा ६ का वर्ष ५७ का तुल ब. सुर्जे मगर जब।जस्ती करणि उद्योगमा २ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।
यसैगरि मिक्लाजुङ गापा ३ वर्ष ३० का कृष्ण भुजेल सवारी ज्यानमा ९ महिना ८ दिन कैद र २ हजार जरिवाना धनपालथान गापा वर्ष २७ का विनोद सरदार चोरी ७ महिना ५ दिन कैद र १० हजार जरिवाना, बेलबारी नगरपालिका २ वर्ष २१ का अर्जुन झागड ५ महिना १६ दिन कैद ५ हजार जरिवाना सुन्दरहरैचा १० वर्ष ३७ का अर्जुन गुरुङ बैङ्किङ कसुरमा मुद्धामा २लाख ९९ हजार ४ सय जरिवाना मात्रै र उर्लावारी नगरपालिका ३ वर्ष ४० का प्रकाश धिमाल लागुऔषध मुद्धामा १ बर्ष ३ महिना सजाय भएका हरुलाई पक्राउ गरि अदालतमा बुझाएको थियो ।

तपाईको प्रतिक्रिया