
पथरी । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार नेपालमा २४ घण्टा यता १ सय १३ जनामा कोरोणा संक्रमण पुष्टी भएको छ । यतिका संख्यामा आज बुधवार दिउसोसम्माको रिर्पोट अनुसार रहेको छ ।
आज बुधबार २० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको रिर्पोट छ । अहिलेसम्मा नेपालभरी ४ सय ७१ जना सक्रिय संक्रमित रहेका छ । गत चौबीस घन्टामा १ हजार ५४९ पीसीआर तथा १ हजार १७५ एन्टिजेन परीक्षण भएको जनाएको छ ।






