
पथरी । आधाबैसे उमेरक एक एक ब्यात्ती मृत अवस्थामा भेटिएका छन । विराटनगर बसपार्कमा बिहिवार बिहान उनलाई मृत अवस्थामा भेटिएको हो । विराटनगर महानगरपालिका वडा नं ११ स्थित विराटनगर बसपार्कको यात्रु बस्ने फलामको बेन्चमा सुती रहेको अवस्थामा गहुँ गोरो, कपाल कालो रहेको उचाई ५ फिट ५ ईन्च रहेको, सेतो रंगको पाईजामा र कुर्ता लगाएको, बायाँ नाडीमा सेतो बाला लगाएको शव भेटिएका थिए ।
पहिचान नखुलेको अन्दाजी बर्ष ५०/५५ को पुरुष मृत अवस्थामा फेला परेको र हाल उक्त मृत ब्यक्ति कोशी अस्पताल विराटनगरको शव गृहमा रहेको प्रहरीले जनाएको छ ।






