
पथरी । विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयर, प्रमुख प्रशासकिय अधिकृत वडा अध्यक्ष सहित उपभोत्ता समितिको पदाधिकारीहरुलाई भ्रष्टचारको मुद्धा परेको छ
। उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सवइन्जिनियर मो. इफतेखार आलमलाई मुद्धा परेको हो ।
विराटनगर १६ मा पोखरी निर्माण गर्न उपभोत्ता समिति गठन गरेको र सो समितिमा रहेका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेलाई पनि अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको छ ।
यस्तै वडा नं. १६ का तत्कालीन वडा अध्यक्ष असलम आलमले पोखरी निर्माण गर्दाको समयमा साधन प्रयोग गरेर ब्यत्तीको डोर हाजिरखाता भरेको, र सबैको मिलेमतो देखिएको र १० लाख ५५ हजार ९ सय ७९ रूपैयाँ ४८ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्धा दर्ता गरेको हो ।





