पथरी । नेपाल सरकारले शनिवार राष्ट्रिय शोक मनाउने निर्णय गर्दै जापानका पूर्बप्रधानमन्त्री शिन्जो आबे प्रति श्रदाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।
शुक्रवार जापानको नारा शहरमा सटगनले प्रहार गरी हत्या गरिएका आवे निधन प्रति समावेदना प्रकट गर्दै नेपालले शोकदिवस मनाउने भएको हो ।
मित्रराष्ट्र जापानको पूर्वप्र्रधानमन्त्रीको गोली हानी हत्या गरेको प्रति भत्र्सना गर्दै शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले शोक प्रस्ताव पारित गरेको थियो । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दु:ख ब्यात्त गरेका छन ।

तपाईको प्रतिक्रिया