पथरी । शुक्रवार बेलुका लागुऔषध ब्राउन सुगर सहित युवती पक्राउ परेकी छिन । झापाको मेचीनगर नगरपालिका ६ मेचिपुलबाट सोही नगर वडा नम्बर ७ नया वसपार्क बस्ने वर्ष २२ की रेजिना आले खड्का परेकी हुन ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेकी खड्कालाई लागुऔषध ब्राउनसुगर २ ग्राम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी खड्काको ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान अगाडी बढाएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया