
पथरी । बेलुकाको समयमा किनमेल गरिरहेको अवस्थामा सुनको सिक्री लुटेर भाग्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
झापाको धुलाबारी बजारमा किनमेल गरिरहेको अवस्थामा सोही स्थानकी ५० बर्षीया गिता अधिकारीले घाटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने युवा प्रहरीले नियन्त्रणमा लिएको हो । सिक्री लुटेर भाग्ने बारा जितपुर नगरपालिका ९ बस्ने २० बर्षीय निरज राय रहेका हुन ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्री सहित रायलाई पक्राउ गर्न सफल भयोे ।
पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।






