कार्यक्रम सम्पन्न भए पश्चात सामुहिक तस्वीर लिदै जेसिजका पदाधिकारी प्रशिक्षक र प्रमुख अतिथि । तस्वीर पथरी जेसिजको फेसबुकबाट
पथरी । पथरी जेसिजको आयोजनामा एकदिने उद्घोषण कला तालिम सम्पन्न भएको छ । पथरी बहुमुखी क्याम्पसमा उद्घोषण कार्यक्रम शनिवार सम्पन्न भएको हो । प्रशिक्षार्थीहरुलाई संचारकर्मी एलिना दियालीले सहजिकरण गरेकी थिइन ।
कार्यक्रमको संयोजन पथरी जेसिज बर्ष २०२२ का उपाध्यक्ष जेसि सुमन फुयाल गरेका थिए । पथरी जेसिजका अध्यक्ष अनिता राई (अनु) ले अध्यक्षता गरेको कार्यक्रममा कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका वडा न. १ का वडा अध्इक्ष भिमकुमार राई प्रमुख अतिथि रहेका थिए । बर्ष २०२२ का कार्यक्रम संयोजक सबिन तामाङ जेसिज आस्था वाचन गरेका थिए भने कार्यकारिणी उपाध्यक्ष सुवर्ण खत्रीले स्वागत मन्तब्य राखेको कार्यक्रममा महासचिव राजकुमार बिश्वकर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया