पथरी । लुकाएर राखेको अवस्थामा १ सय २२ केजी गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ सिसौली स्थितबाट प्रहरीले अवैध लागुऔषध गाँजा बरामद गरेको हो । आइतवार बिहान ३ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नदीको दुईवटा भङ्गालो बिच टापुमा लुकाई ५ बोरा गाँजा फेला पारेको थियो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई राखिएको र ओसार पसारमा समलग्न ब्यक्तिहरुको खोजतलास तथा अन्य अनुसन्धान भईरहेको उक्त कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया