पथरी । प्रदेश न. १ को १४ जिल्लालाई “लिम्बुवान किरात” प्रदेश नामङकन गर्न माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आइतवार इटहरी स्थित होटल खुकुरीमा पत्रकार सम्मेलन गर्दै ५ बुँदे चरणबद्ध आन्दोलनको कार्यक्रम कार्यक्रम सार्बजानिक गरेको हो ।
आन्दोलनको कार्यक्रमहरुमा २७ गते मुख्यमन्त्रीको कार्यालय, संसदिय दलको नेता, पार्टी प्रमुख, प्रदेश प्रमुखहरुलाई ज्ञापनपत्र बुझाउने, २८, २९ र ३० गते किरात याक्थुम चुम्लुङ जिल्ला समितिको समन्वयमा “लिम्बुवान किरात संयुत्त संर्घष समिति गठन गर्ने, ३२ गते प्रदेश १ को सबै जिल्लाहरुमा कोणसभा गर्ने, साउन ५ गते प्रदेश १ को राजधानी विराटनगरमा बृहत आमसभा गर्ने, र आन्दोलनको कार्यक्रम आवश्यकता अनुसार बनाउदै लाने बिज्ञप्तीमा जनाएका छन ।
३१ घटक लिम्बुवान किरात संयुत्त संर्घष समितिको तर्फबाट जारी गरेको प्रेश बिज्ञप्तीमा ५ जनाले हस्ताक्षर गरेका छन । जसमा लिम्बुवान राष्ट्रिय मुत्ती मोर्चाका उपाध्यक्ष प्रेम मिभक, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बुवान प्रान्तिय मञ्च नेपालका संघिय महासचिव अशोक चेम्जोङ, जनता समाजवादी पार्टी नेपालको लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमाल, किरात याक्थुम चुम्लुङ प्रदेश समिति अध्यक्ष मधुराज केरुङ र नागरिक समाजका तर्फबाट पदम अधिकारीले हस्ताक्षर गरेका छन । तस्वीर

तपाईको प्रतिक्रिया