पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नबिनजंग कार्की धरान उपमहानगर पालिकामा श्रमदान गर्न पुगेका छन ।
धरानको खानेपानी समस्यालाई समाधान गर्ने उदेश्य सहित वडा अध्यक्ष कार्की धरान गएर श्रमदान गरेका हुन ।
वडा अध्यक्ष कार्कीले आफनो सामाजिक सञ्जाल फेसबुकमा “उर्जावान नगर प्रमुख हर्क साङपाङको खानेपानी ब्यवस्थापनको काममा सहभागी भइयो” भन्ने स्टाटस लेखेर पोष्ट गरे पछि प्रशंसायोग्य कार्य भनेर प्रत्सोहन गरेका छन ।
वडा अध्यक्ष कार्कीले खानेपानीको पाइप बोकेर काम गरिरहेको स्थलसम्मा पुर्‍याएको भिडियो फुटेज समेत अपलोड गरेका छन ।

तपाईको प्रतिक्रिया