पथरी । आइतवार प्रहरीले ९ वटा टयाक्टर ट्रिपर समातेको छ । इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय उर्लाबारीले नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गर्ने ४ टिफर र ५ ट्रयाक्टर नियन्त्रणमा लिएको हो । केराबारी गाउँपालिका–३ स्थित रहेको हचुवा खोलाबाट इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ढुंगा लोड भएको को.१ त ५२५३, मे.१ त ५१०५ र को. २ त ७७८२ नम्वरको ट्रयाक्टर नियन्त्रणमा लिएको थियो ।
उर्लाबारी नगरपालिका–४ बाट ढुंगा बोकेको अवस्थामा बा.५ ख ३८०७, मे.१ ख २८२४, प्रदेश १–०२–००१ ख ८६९५, प्रदेश १–०२–००१ ख ८५५२ नम्वरको टिफर र प्रदेश १–०४–००१ त ४२०, प्रदेश १–०१–००१ त ८५३८ नम्वरको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । तस्वीर १ नम्बर प्रदेश प्रहरी कार्यालयको फेसबुकबाट

तपाईको प्रतिक्रिया