पथरी । नेपाल आदिवासी जनजाती महांसंघले प्रदेश नम्बर १ को नाम पहिचानको आधारमा राख्न माग गरेको छ ।
महासंघको संघिय परिषद सचिवालयले प्रेस बिज्ञप्ती प्रकाशन गर्दै प्रदेशको नाम पहिचानको आधारमा राख्न माग गरेको हो । महासंघका संघिय परिषदका अध्यक्ष गेरुजे लामा शेर्पाले हस्ताक्षर गरेको प्रेस बिज्ञप्ती जारी गरेका छन ।
५ वटा प्रदेशको नाम घोषणा भई सकेको र सो विषयमा महासंघको असहमती रहेको बताउदै प्रदेश १ को नाम एैतिहासिक भाषा, संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरि नामाङकन गर्न माग गरेको छ ।
प्रदेश न. १ को सबै सांसद, नेता र राजनितिक दल, सामाजिक र सांस्कृतिक अभियान्ता र जातिय संगठनका अगुवाहरुलाई पहिचानको पक्षमा माहौल निर्माण गर्न अपिल समेत गरेको छ । आदिबासी जनजातीको अपेक्षा र अनुरोधलाई ब्यवास्ता गरि पहिचानको मुल भावनालाई सम्बोधन नगरे ससत्त र निर्णयाक आन्दोलन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया