पथरी । सवारी ज्यान मुद्धाका २ वर्ष जेल सजाय तोकिएर फरार अवस्थामा रहेको एक युालाई प्रहरी नियन्त्रणमा लिएर जेल चलान गरेको छ । सुन्दरहरैचा नगरपालिका–९ का ३१ बर्षीय बिनोद कुमार खवासलाई पक्राउ गरि कारागार चलान गरेको हो । खवासलाई सवारी ज्यान मुद्धामा पुनराबेदन अदालत बिराटनगरको २ वर्ष कैद २ हजार जरिवानाको फैसला गरेको थियो । खवासलाई सवारी ज्यान मुद्धामा सम्मानित पुनाराबेदन अदालत बिराटनगरको २०७१।१२।११ गते उत्त फैसला गरेको थियो । पक्राउ परेका खवासलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागार पठाएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया