
पथरी । एक महिलालाई जबरजस्ती करनी गरेको आरोपमा पक्राउ परेका छन । जबरजस्ती करणीको अभियोगमा धनकुटा शहिदभूमी गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वर्ष ३१ का सन्तोष राईलाई पक्राउ परेका हुन ।
असार २४ गते तेह्रथुम लालिगुँरास नगरपालिका २ मा रहेको ताप्लेजुङ होटल एण्ड लजमा लगी २३ बर्षकी महिलालाई रातको समयमा धाकधम्की दिई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटामा पिडित महिलाले जाहेरी दिए पछि २५ गते वडा अध्यक्ष राईलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बसन्तपुर तेह्रथुममा राखेर जवरजस्ती करणी शिर्षकमा म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको जनायो ।






