पथरी । एक युवालाई प्रहरीले ८० राउण्ड गोली सहित पक्राउ परेका छन । भद्रपुर नगरपालिका ५ वर्ष १८ का मोहम्बद प्यारेलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो । प्यारेलाई प्रहरीले मोवाइल चोरीको आरोपमा अनुसन्धानको लागी पक्राउ गरेको थियो । पक्राउ प्यारेले असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबायल पसलबाट चोरी भए पछि प्रहरी घटनाको अनुसन्धानमा जुटेको थियो । घटना लगत्तै चोरीमा संग्लग्न ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले प्यारेलाई २८ गते राती पक्राउ गर्‍यो । प्यारेबाट चोरी भएको मध्ये १ थान मोवाइल, मोवाइलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो । सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको र घटाना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया