
पथरी । प्रदेश न. १ को नाम पहिचानको आधारमा नामकरण गराउन पार्टीको नेतृत्वलाई दबाव दिन एक भेलाले निर्णय गरेको छ ।
बिहिवार पथरीशनिश्चरे १० स्थित श्रीजंगा धार्मीक वनको चुम्लुङ भवनमा भेला भएका नेपाली कांग्रेसमा सम्बद्ध पहिचान पक्षधर कार्यकर्ताहरुले आफनो पार्टीको नेतृत्वलाई दवाब दिने निर्णय गरेको हो ।
स्थानिय सन्तोष श्रेङ लिम्बुले अगुवाई गरेको अधिकांस कार्यकर्ताले पहिचानको आधारमा नामाङकन नगरे संर्घष गर्ने बताएका थिए ।
प्रदेश १ लाई लिम्बुवान किरात प्रदेश घोषणा गर्न दबाव दिने उदेश्य रहेको र यसरी निर्णय नलिए पार्टीभित्र नै कठोर संर्घष हुने बताए ।
पार्टीका प्रदेश सचेतक सुयर्माराज राईले सप्तकोशी नाम प्रस्ताव गर्नुमा कायरता प्रर्दशन गरेको भेलामा उपस्थित भएका कार्यकर्ताको भनाई रहेको थियो ।
भेलामा बिकास मगर, मौसम याक्थुम्बा लगायत नेपाली कंग्रेससंग आस्था राख्ने कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
उत्त भेलाले प्रदेश भरीका पहिचानबादी शत्तिलाई आफनो पार्टी नेतृत्वलाई प्रदेश १ को नाम पहिचानको आधारमा नामाङकन गर्न दवाब दिन पनि अपिल गरेको छ ।






