
पथरी । इलाका प्रहरी कार्यालय पथरीले लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको ४ जना युवालाई शुक्रवार सार्वजानिक गरेको छ ।
इप्रका पथरीको कार्यालयमा शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रहरी प्रमुख बेदप्रसाद गौतमले पक्राउ परेकाहरुलाई सार्बजानिक गरेको हो ।
पत्रकार सम्मेलनमा बितरीत प्रेस बिज्ञप्तीमा जनाइए अनुसार पथरीशनिश्चरे नगरपालिका वडा न. २ वर्ष २३ का बिवेक दर्जी पथरीशनिश्चरे नगरपालिका वडा न. ७ वर्ष १७ का सन्देश राई पथरीशनिश्चरे २ बस्ने वर्ष ३५ देखी ४० का बिपिन थापा, र पथरीशनिश्चरे नगरपालिका वडा न. १ रत्नचौकका वर्ष २५ का दिपेश सार्की रहेका छन ।
प्रहरीले जानकारी दिए अनुसार बिवेक दर्जी र सन्देश राईको साथबाट ५० मिलिग्राम बिपिन थापाको घरमा छापा मार्दा १ ग्राम ६५० मिलिग्राम र दिपेश सार्कीको साथबाट ३५ पोका पारिएको अवस्थामा फेला पारिएको बताए ।
पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार बिपिन थापा पथरीको सव डिलरको रुपमा रहेको जानकारी आएको छ । अन्य कारोबारीहरुको सवालमा पनि सुचना अनुसार अनुसन्धान भईरहेको प्रहरी प्रमुख गौतमको भनाई रहेको छ ।
पक्राउ परेका उहिरुलाई लागुऔषध प्रयोग तथा कारोबार ऐन अन्र्तरगत म्याद थप गरी अनुसन्धानको लागीको इलाका प्रहरी कार्यालय पथरीको हिरासत राखिएको प्रहरीले जनाएको छ ।






