पथरी । चोरीको मोटरसाइकल सहित ४ जना युवाहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । विरटनगर स्थित नोवेल मेडिकल कलेज विरटनगर परिसरबाट चोरी भएका मोटर साइकल सहित पक्राउ परेका हुन । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिए आनुसार बिभिन्न मितिमा हराएका.६ प ६८०२ नम्वरको डिस्कभर मोटरसाईकल, प्रदेश १–०१–०१३ प ४५०७ नम्बरको पल्सर मोटरसाईकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गर्ने विराटनगर ४ का २२ बर्षीय नविन माझी, विराटनगर ८ का २५ बर्षीय मोहमद हजरत, दुहवी नगरपालिका ९ सुनसरीका १८ बर्षीय मोहमद सलाउदिन र ३४ बर्षीय मोहमद नसुरदिनलाई चोरीका मोटरसाईकल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको जिल्ला अदालत मोरङमा चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनायो ।

तपाईको प्रतिक्रिया