पथरी । भाडाको घरमा बसेर ५ जनाको परिवार पालिएका छ । खेती बारी नै उखुको जुस । दिपक बस्तोला पथरीशनिश्चरे नगरपालिका वडा न. २ स्वागत टोलमा बस्छन । हाल ४७ वर्ष पुगे । बास्तोला स्वागतटोलदेखी पथरीचौकसम्माको दैनिकी उखु पेल्ने हाते मेसिन ठेलामा ठेल्दै बुद्धचौक रत्नचौक यलम्बरचौक हुदै दैनिकी बित्छ ।
हेर्दै परिश्रमी देखिने दिपक बास्तोला बिहानै उठेर नित्यकर्म सकेर उखुबारी जान्छन । काटेर ल्याएको उखुको बाहिरी लेयरको बोक्रो सिङगाटने (छाला छिल्ने) काम श्रीमती छोराछोरीसंंगै गर्छन । २ छोरी १ छोराका पिता दिपक खाना खाएपछि करिब साढे १० बजेतिर ठेला लिएर ठेल्दै हिडछन ।
उखुको जुस बेचेर दैनिक घरको गर्जो टार्दै गाउकै एक सहकारीमा बचत पनि गरेका छन । छोरा छोरी पढाई रहेका छन । ५ जनाको परिवार पालिएका छन । २ वटा भैसी पनि पालेका छ ।

भैसीलाई चापट भुस किनेरै खुवाउनु पर्ने उनको श्रीमती मिना बास्तोला बताउछिन ।
दिपक बैदेशिक रोजगारीको सिलशिलामा दुबई गए । कम्पनी टुटेर फर्की आएको बताउछन । फेरी कतार गए । धेरै अग्लो ठाँउमा काम गर्नु परेपछि फर्केर आए । आफन्तले उखुको जुस बेच्ने सल्लाह दिएपछि ४ वर्ष अगाडी ४५ हजारमा मेसिन किनेर ब्यापार सुरुवात गरेको बताउछन ।
अहिले उमेरले पनि अलि बुढो भएको महसुस हुदै गएको अनुभव गरेका उनले अव केही दिन भित्रमा नै मटरबाट चल्ने मेसिन ल्याएर ब्यापार बढाउने तयारी गरेको योजना सुनाए ।
उखु किसानबाट ठेक्कामा लिन्छन् । उखुको जुसबाट दैनिक २ हजार बराबरको कमाई भईरहेको सुनाए । उखुको घार हेरेर लगानी गर्ने गरेको बतउदै आफनो पेशाबाट सन्तुष्ट रहेको सुनाए ।

तपाईको प्रतिक्रिया