पथरी । ज्यान मार्ने उद्योग अन्र्तगतको मुद्धामा ५ वर्ष कारावास सजाय पाएका एक फरार ब्यत्तीलाई पक्राउ गरि कारावास पठाएको छ । १ न. नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समुह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले ज्यानमार्ने उधोग मुद्दाका पक्राउ गरि कराबास सजायको लागी जिल्ला कारागार मोरङ पठाएको हो । मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२५ गतेको फैसलाले ५ वर्ष कैद सजाय भई फरार रहेका मोरङको सुन्दरहरैचा नगरपालिका–५ का २७ बर्षीय तिखे भन्ने सुरज शाक्यलाई पक्राउ गरि आइतवार कारबास पठाएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया