पथरी । प्रहरीले १४ ग्राम ब्रउनसुगर सहित २ युवालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ बाट फाकफोकथुम–१ इलामका २७ बर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका–८ पाँचथरका २१ बर्षीय लक्षुमान तामाङलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गर्दा प्रहरीले चेकजाच गर्दा उनिहरुको साथबाट ब्राउनसुगर फेला पारेको थियो । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया