
पथरी । इलाका प्रहरी कार्यालय उर्लाबारीले १ हजार ३ सय ६४ क्यापसुल लागुऔषध ४ युवा पक्राउ परेको छ । उर्लाबारी नगरपालिका–२ बाट पक्राउ परेको हो । उर्लाबारी नगरपालिका–२ का २० बर्षीय नविन पुरीको घरबाट उर्लावारी ३ का रकि धिमाल, उर्लाबारी–२ का उज्वल थापा र २८ बर्षीय सुमित राई ४ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ट्रामाडोल नामको लागु औषध ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्यावलेट सहित पक्राउ गरेको हो ।
निषेधित औषधी सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनायो ।






