
पथरी । १ वर्षको बच्चा अपहरण गरी बेपत्ता बनाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–५ की अनु साह र विराटनगर ६ रामपुर बस्ने २७ वर्षका रविन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । १५ लाख रुपैयाँ फिरौती लिने उदश्यले उनिहरुले बच्चा अपहरण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले जनाए अनुसार श्रावण २ गते सोमवार विहान ९ बजे समयमा बिराटनगर न पा वडा नं. १२, रोडसेष चोक, महेन्द्र मोरङ कलेज मोडबाट बच्चा लिएर फरार थिए
बुढिगंगा १ बस्ने दिपेन यादवकी छोरी वर्ष १ की निकिशा यादवलाई उनिहरुले अपहरण गरेका थिए । रविन्द्र कुमार साहको प्र.०१–०२०४६ प ७४१० नम्बरको मोटरसाईकल चढी दुहवी ईनरूवा सप्तरीको राजविराज हुँदै कुनौली पुर्यारई उक्त स्थानबाट भारतीय गाडी रिजर्भ गरी दरभंगा पठाई रिवन्द्र कुमार साह सोही दिन फर्केर विराटनगर आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले साउन ४ गते बुधवार विहान ८:०० बजे नेपाल भारतको बोर्डर एरियाबाट अपहरित वालिकाको सकुसल उद्दार गरी अनु साहलाई पक्राउ गरेको थियो भने रविन्द्र साहलाई वुढिगंगा १ स्थित निजले संचालन गरेको श्रीराम ट्रेडर्सबाट पक्राउ गरिएको प्रहरीले जानकारी दियो ।
पक्राउ परेका उनिहरुलाई विरुद्द अपहरण तथा शरिर बन्धक मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस मुद्धामा ७ देखि १० वर्ष सम्म कैद र ७० हजार देखि १ लाख सम्म जरिवाना हुने कानुनी ब्यवस्था छ ।
उनिहरुको साथबाट प्रहरी नोकिया मोवाईल १ थान माईक्रोम्याक्स मोवाईल थान, जिओनी मोवाईल १ थान, सामसुङ मोवाईल १ थान, रेडमि मोवाईल १ थान, वेवी फिडिङको खाली प्याकेट १ थान, सविता देवी कुर्मीको पासपोर्टसाईजको फोटो १ थान, एनसेलका सिमका खोलहरू ४ थान प्र.०१–०२०४६ प ७४१० नम्बरको मोटरसाईकल एउटा, घटनस्थलमा प्रतिवादीले लगाएको कपडा र बच्चाको पुरानो कपडा बरामद प्रहरीले जनायो । तस्वीर जिल्ला प्रहरी कार्यालय मोरङ






