पथरी । युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जना ब्यक्तिहरू पक्राउ मोरङ प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं. ९ स्थित ट्राफिक चोकमा रहेको ठुलदाइको होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो सामान सहित पक्राउ गरेको हो ।
प्रहरीले धनपालथान गापा वडा ७ वर्ष ४१ शिव शंकर पासवान, वर्ष ४३ को प्रदिप पुरी, वर्ष ४४ को लक्ष्मण शर्मा, सोही ठेगाना वडा नं. ४ वर्ष ३७ का मुकेश कुमार साह, कटहरी गापा २ वर्ष ४० का दिलिप कुमार शर्मा, विराटनगर महानगरपलिका वडा नं. १२ वर्ष ४६ का फटिक कुमार कार्की , सोलुखुम्बु माग्पे गापा वडा ७ वर्ष ३५ का गोपाल मगर, खोटाङ हलेसी नपा ९ वर्ष ३२ का किरन राई, रहेका छन ।
यस्तै गोरखा गण्डकी गापा ८ वर्ष ४५ को जिवन गुरुङ्ग, मोहोत्तरी मङ्हा नपा ६ वर्ष ४२ का अब्दुल गनी खान, साही स्थान वडा नं. १२ वर्ष ३० का चन्दन कुमार महतो, मोरङ ग्रामथान गापा ३ वर्ष ५५ का रबिन्द्र गच्छेदार, मकवानपुर बागमती गापा ५ वर्ष ३६ का दिपक बहादुर भ्लोन, मोहत्तरी मनराषिशवा नपा ३ वर्ष ४९ का उमेशप्रसाद यादव, सिन्धुली कमलामाई नपा ५ वर्ष २८ का श्याम घिमिरे रहेको प्रहरीले जनाएको छ । तस्वीर जिप्रका मोरङ

तपाईको प्रतिक्रिया