
पथरी । किरात याक्थुम चुम्लुङको नेतृत्वमा १ नम्वर प्रदेशलाई पहिचानको आधारमा लिम्बुवान किरात प्रदेशको घोषणा गर्न दवाब दिने कार्यक्रममा नेपाली कांग्रेस पार्टीको झण्डा सहित कांग्रेस कार्यकर्ताले सहभागीता जनाएका छन ।
नेपाली कांग्रेस पार्टीमा अस्था राख्ने पहिचान पक्षधर कार्यकर्ताले साउन ५ गते बिहिवार विराटनगरमा ३३ घटक संगठनले आह्वान गरेको मुख्यमन्त्री कार्यालय घेराउ गर्न जाँदा नेपाली कांग्रेसको झण्डा सहित उपस्थित भएका थिए ।
नेपाली कांगेसका कार्यकर्ता पथरीशनिश्चरे १ का सन्तोष श्रेङको अगुवाईमा नेपाली कांग्रेसको झण्डा विराटनगरमा प्रर्दशन भएको थियो । नेपाली कंग्रेस पार्टीले सप्तकोशी प्रदेशको नाम प्रस्ताव गरेको छ ।






