
पथरी । १ नम्बर प्रदेशको नाम “किरात प्रदेश” घोषणा गर्न माग गर्दै आज साउन ५ गते शुक्रवारको दिन प्रदेशसभा घेराउ गर्ने गर्ने भएको छ ।
किरात राई यायोक्खाको नेतृत्वमा हजारौं संख्यामा १ नम्बर प्रदेशबासी भेला गराएर आज शुक्रवार हुने प्रदेशसभाको बैठकलाई दवाब दिने उदेश्यले प्रदेशसभा घेराउ गर्ने भएको हो । प्रदेशसभा घेराउ गर्न जानको लागी साकेला नाच लिएर जानु पर्ने बताउदै ढोल झयाम्टा सहित सहभागी हुन १ नम्बरबासीलाई यायोक्खाले आह्वान गरेको छ ।
किरात राई यायोक्खाको केन्दीय सचिव अर्जुन जम्नेली राईको अनुसार शान्तीपूर्ण आन्दोलनलाई नै निरन्तरता दिने उदेश्य सहित प्रदेशसभा घेराउ गरिने कार्यक्रम तय भएको बताए । पहिचानको आधारमा साउन ५ गते ३३ घटक संर्घष समितिले “ लिम्बुवान किरात” घोषणा गराउन दवाब दिएको थियो भने साउन २ गते किरात राई यायोक्खाले बृहत मोटरसाईकल र्याली सहित मुख्यमन्त्रीको कार्यालय घेराउ गरेर मुख्यमन्त्री राईलाई ज्ञपनपत्र बुझाउदै प्रदेशसभा पनि घेराउ गरेको थियो ।






