पथरी । पथरीशनिश्चरे २ का एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पथरीशनिश्चरे नगरपालिका वडा न. २ वर्ष २७ का अजय राईलाई प्रहरीले पक्राउ गरेको हो । राईको साथबाट प्रहरीले २ सय ग्राम ब्राउन सुगर बरामद गरेको इलाका प्रहरी कार्यालयका पथरीका प्रमुख डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका शिवसतासी–९ झापाका ३६ बर्षीय नेत्र बिक्रम तुम्बाहाम्फेलाई पनि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनको साथ बाट २ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया