पथरी । सिनभिलेज पार्टी प्यालेसमा सोमवार प्रहरी र पथरीशनिश्चरे नगर क्षेत्रमा सञ्चालनमा रहेका औषधी ब्यवसायी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको आयोजना र इलाका प्रहरी कार्यालय पथरीको संयोजनमा एलोप्यथिक/आयुर्वेदिक औषधी ब्यवसायी बिच छलफल भएको हो ।
लागुऔषध प्रयोगकर्ताले औषधी ब्यवसायीहरुबाट खरिद गरेर लगेको औषधीहरु मिलाएर लागु औषधको रुपमा प्रयोग गर्न सक्ने अवस्था रहेकोले सचेतनाको लागी औषधी ब्यवसायीहरुसंग छलफलको आयोजना गरेको थियो ।
पथरीशनिश्चरे नगर क्षेत्रमा ४७ वटा औषधी पसलहरु सञ्चालित अवस्थामा रहेको तथ्याङक देखाउदै जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) शान्तीराज कोइरालाले सबै औषधी ब्यवसायीलाई सचेत रहन आग्रह गरे । अव सचेतना कार्याक्रम स्कूल, कलेज, क्लव र टोलटोलमा सचेतनाको लागी कार्यक्रम गर्नु पर्ने अवस्था रहेको एसपी कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया