पथरी । उर्लाबारी नगरपालिका वडा न. १ को वडा कार्यालयको भवन नगर प्रमुख गंगाप्रसाद खरेले उद्घघाटन गरेका छन । सोमबार एक समारोहका बिच वडा कार्यालय भवनको उदघाटन गरेको हो । ९७ लाख लागतमा भवन निर्माण सम्मपन्न भएको वडा कार्यालयको दुई तले पक्की भवनमा आठ कोठा रहेका छन । वडा कार्यालय भवन निर्माणका लागी स्थानीय समाजसेवी नरबहादुर चौहान र इन्द्रबहादुर चौहानले अढाई कट्ठा जग्गा प्रदान गरेका थिए । भवन उद्घाटन कार्यक्रमको अवसरमा जग्गादाता चौहानद्वय सहित परिवारलाई सम्मान गरेको थियो । तस्वीर मिलनके राउत

तपाईको प्रतिक्रिया