
पथरी । बसबाट ओर्लने क्रममा लडेर ७३ बर्षीय बलभद्र पराजुलीको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–२ मा १७ गते बिहान ११ बजे कानेपोखरीबाट रंगेली तर्फ जादै गरेको को १ ख ४१८८ नम्वरको बसबाट लडेर पराजुलीको मृत्यु भएको हो ।
सोही बसमा सवार रहेका कानेपोखरी–२ पराजुली बसबाट लडी घाईते भए पछि उनलाई रंगेली अस्पताल पुर्याएको थियो । उपचारको क्रममा पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालक रतुवाईमाई नगरपालिका–२ का बावुराम टुडुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रण छन ।





