बाबुको हत्या गर्ने भण्डारीको । तस्वीर १ न. प्रदेश प्रहरी कार्यालय विराटनगर ।
पथरी । ५३ वर्षका भक्तबहादुर भण्डारीलाई आफनै छोराले कुटेर हत्या गरेको छ । तेह्रथुम जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका भण्डारीलाई १७ गते बिहान ६ बजे तिर २४ बर्षीय छोरा टंक भण्डारीले हत्या गरेको हो ।
धान कुट्ने मुश्लीले बाबुलाई टाउकोमा प्रहार गरी घाईते बनाएका थिए । उपचारको लागी छथर अस्पताल पुर्‍याएको केही छिनमा मृत्यु भएको प्रहरीले जनाएको छ । बाबुको हत्या गर्ने छोरा टंक भण्डारी तत्काल फरार रहेको र निजको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया