पथरी । बाबुको हत्या गरि फरार रहेको २४ बर्षीय टंकबहादुर भण्डारी पक्राउ परेका छन । साउन १७ गते मंगलवार बाबु ५३ बर्ष भक्तबहादुर भण्डारीलाई हत्या भाग्दै गरेको अवस्थामा तेह्रथुम म्याङलुङ नगरपालिका पिङ्गुवा खोलाको पुलबाट पक्राउ परेको हो ।
सामन्य घरायसी बिवादमा धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरि सक्त घाईते बनाई भागी फरार भएका थिए । पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा सम्मानित तेह्रथुम जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

तपाईको प्रतिक्रिया