पथरी । बेलका नगरपालिका ८ डुब्रिबोटेमा सप्तकोशी नदीले बाँध कटान गरी सिसौली बस्तिमा प्रबेश गरे पछि सुरक्षा निकायलाई परिचालन गरेको छ । डुवानमा परेका बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानियमा मानिसहरुलाई नेपाल प्रहरी लगायत नेपाली सेना र सशस्त्र प्रहरी बललाई परिचालन गरि सुरक्षित स्थानमा सार्ने काम भइरहेको हो ।
बिशेष गरि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र प्रदेश प्रहरी गण बिराटनगर समेतबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको १ न. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
१ नम्बर प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की भौतिक योजना तथा पुर्वधार बिकाश मन्त्री हिमाल कार्र्की १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, सशस्र प्रहरी बल बराहबाहिनि पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, २ नम्वर बाहिनि इटहरीका प्रमुख सेनानि, जिल्ला प्रशासन कार्यालय उदयपुर, सुनसरी र मोरङका प्रमुख जिलला अधिकारी समेतले स्थलगत अवलोकन गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया