
पथरी । पथरीशनिश्चरे २ मा स्थापित बाल्मीकि आवसिय माबिले बधाई, बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
सिनभिलेज पार्टी प्यालेसमा बृहत कार्यक्रमको आयोजना गरि एसइइ परिक्षामा उतिर्ण भएका बिद्यार्थीहरुलाई बधाई, बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो ।

परिक्षामा सहभागी शतप्रतिशत उतिर्ण भएका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्दै संगितमय ढंगले कार्यक्रम सम्पन्न भएको थियो ।
यस पटकको २१ औं ब्याचमा ९४ जना बिद्यार्थीहरु सहभागी भएका थिए भने ३.६ जिपिए ल्याएर १३ जना, ३.६ जिपिए ल्याएर २९ जना, २.८ जिपिए ल्याएर २४ जना, २.४ जिपिए ल्याएर २४ जना र २.० जिपिए ल्याएर २ जना पास भएको बिद्यालयका प्रिन्सीपल चन्द्रप्रसाद दुलालले जनाए ।

पिटिए अध्यक्ष नेत्रप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनको मोरङ जिल्ला सदस्य उपेन्द्र कडेल पथरीशनिश्चरे अध्यक्ष सन्तोष बस्नेत लगायतको उपस्थिती रहेको थियो भने मिना तामाङले सञ्चालन गरेकी थिइन ।






