
पथरी । इन्द्र–कमल बास्कोटा प्रतिष्ठानले विद्यालयलाई टेबल कुर्सी प्रदान गरेको छ । २० गते शुक्रवार प्रतिष्ठानको तर्फबाट लीलानाथ बास्कोटाले पथरीशनिश्चरे नगरपालिका वडा नं. ५ जनता आधारभूत विद्यालयलाई टेवल कुर्सी हस्तानतरण गरेको हो ।
विद्यालयको प्रशासनिक कार्यकक्षलाई दुइ वटा टेबल र १५ वटा कुर्सी हस्तान्तरण गरेको संचारकर्मी भूमिप्रसाद पाठकले बताए ।
हाल अमेरिकाको ओहायो शहरमा बसोबास गरिरहेका लीलानाथ बास्कोटाको तर्फबाट नेकपा एमालेका केन्द्रीय सदस्य युवराज बास्कोटाले विद्यालय परिसरमा विद्यालयका प्राचार्य वलबहादुर धिमाललाई हस्तान्तरण गरेका थिए ।
माता इन्द्रमाया बास्कोटा र कमलप्रसाद बास्कोटाका ७ जना सन्तानले इन्द्रकमल प्रतिष्ठानको स्थापना गरेका छन । शिक्षासेवी पुण्यप्रसाद खतिवडाले ५ कठ्ठा जग्गा उपलब्ध गराएको यस स्थानमा विद्यालय स्थापना भएको र हाल ७२ जना विद्यार्थी अध्यान गरिरहेका छन । ३ जना दरबन्दी र ४ जना विभिन्न स्रोतबाट परिचालित शिक्षकशिक्षिका कार्यरत छन ।






