
नगरको भवन निर्माण गर्न प्रस्ताव गरिएको स्थान देखाउदै स्थानिय अगुवा जहरमान लिम्बु
पथरी । पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न स्थानिय जग्गादाताहरु मिलेर १ बिघा १० कठठा क्षेत्रफलको जग्गा उपलब्ध गराउने घोषणा गरेका छन ।
पथरीशनिश्चरे ७ किर्तिपुर बजार पूर्वपटि नगरको प्रशासनिक भवन निर्माण गर्न स्थानिय श्रीप्रसाद ढुङगानाले १० कठठा, जहरमान लिम्बुले १ कठठा, चन्द्रकुमार केसीले १ कठठा नरेन्द्र थापाले १ कठठा, लालबहादुर बस्नेतले १ कठठा, विकास लिम्बु २ कठठा, डम्बर दर्लामी २ कठठा सरोज रिजालले २ कठठा उपलब्ध गराउने भएको हो ।
यस्तै बिष्णु धिमाल कठठा २ , कुमार लिम्बु ३ कठठा, मिनबहादुर धिमाल २ कठठा र चन्द्रबहादुर लिम्बु २ कठठा र सन्तोष बस्नेतले २ कठठा गरि जम्मा १ बिघा ११ कठठा जग्गा उपलब्ध गराउने घोषणा गरेको हो ।
श्रीप्रसाद ढुङगानाको नाममा रहेको बयरवन ९ र को कित्त नम्बर २०३, २०४ र २०५ को जग्गा उपलब्ध गराउने र सोही जग्गासंग सटिएको अन्य जग्गाधनीहरुसंग कुरा भई रहेको करिब २ बिघा बराबर उपलब्ध गराउने गरि छलफल भई रहेको पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणर्थ निशुल्क जग्गा उपलब्ध गराउने पहल समितिका सचिव बिरोज मगरले बताए ।
प्रशासनिक भवन निर्माण गर्न जग्गा उपलब्ध गराएको स्थान गुगलमा सर्च गर्दा पथरीशनिश्चरे नगरको बिच सेन्टरमा रहेको पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणर्थ निशुल्क जग्गा उपलब्ध गराउने पहल समितिका अध्यक्ष उमानाथ अधिकारीले बताए ।
अधिकारीले जनाए अनुसार भवन निर्माण गर्न प्रस्तावित गरिएको स्थानदेखी पूर्वमा मौलीबारी ७ किलोमिटर पश्चिममा डाँसखोला ७ किलोमिटर उत्तरमा पथरीशनिश्चरे महेन्द्र राजमार्ग ७ किलोमिटर दक्षिणमा हसन्दह र अंमरदहको सिमाना ८ किलोमिटर रहेको छ ।
पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन हाल पथरीशनिश्चरे १ मा रहेको छ । हाल नगरपालिका कार्यालयमा भवन अभाव भएको कारण २ वटा स्थानियको घरका फलाइट भाडामा लिएर काम चलाउदैको आएको छ । नगरपालिका हाल भएकै स्थानमा करिब १७ कठठा जग्गा रहेको छ ।
जग्गादाताहरुले प्रदान गर्ने स्थानमा प्राकृतिक प्रकोपको जोखिम हुने देखिदैन । यहि हप्ताको गत बुधवार स्थानिय अगुवा जहरमान लिम्बुको नेतृत्वमा आएको समितिका पदाधिकारी जग्गादाता स्थानिय अगुवाहरुको सहभागितामा नगर प्रमुख मोहन तुम्बापोलाई भवन निर्माण स्थलको लागी प्रस्ताव पत्र पेश गरेका थिए ।
जग्गादाताहरु मध्येको श्रीप्रसाद ढुङगानासंग जानकारी माग्दा आफुहरुले जग्गा उपलब्ध गराउनकै लागी प्रस्तावपत्र पेश गरेको बताउदै सबै पक्षले निर्णय गरेर आएमा आजको भोलीनै नगरपालिकाको नाममा जग्गा पास गर्न अतुर रहेको बताए । यस नगरपालिकामा करिब ८० हजार जनसंख्या बसोबास गरेको पाइन्छ






