पथरी । साविक शनिश्चरे गाउ पञ्चायतका उपप्रधानपञ्च पुष्पबहादुर चौहानको निधन भएको छ । हालको पथरीशनिश्चरे नगरपालिका वडा न. ९ मा बसोबास गरिरहेका चौहानको ७० वर्षको उमेरमा शनिवार दिउसो २ बजे तिर नोवेल अस्पताल बिराटनगरमा निधन भएको हो ।
भोजपुरको कुलुङमा २००९ साल पुस महिनामा जन्म भएका चौहान बसाई सरी शनिश्चरे
आई राजनिति गरेका थिए । सोही स्थानमा केबि मेमोरियल बोडिङ स्कूलका सञ्चालन गरिरहेका चौहानको २ छोरा १ छोरी २ श्रीमती रहेको छ । चौहानको पार्थिव शरिरलाई स्थानिय डाँसगंगामा आइतवार अन्त्येष्टी गरिने भतिजा सनम चौहानले जानकारी दिए ।

तपाईको प्रतिक्रिया