
पथरी । नेकपा (एमाले) पार्टी पथरी शनिश्चरे नगर कमिटीको चौथो बैठक आज शनिवार सम्पन्न भएको छ ।
९९ सदस्यीय नगर कमिटी सदस्य र १० वटाबाट आमन्त्रिक १० जना वडाध्यक्ष सहितको उपस्थितिमा सम्पन्न बैठक सम्पन्न भएको हो ।
बैठकले स्थानिय निर्वाचनमा पार्टीको उम्मेद्धवारहरुलाई जिताउन मतदान गर्ने मतदातालाई आभार व्यक्त गरेको छ । साथै निवर्तमान नगरप्रमुख दिलिपकुमार राई नेतृत्वको जनप्रतिनिधिले खेलेको भूमिकाको उच्च सम्मान गरेको छ ।
बैठकले समाजमा बढ्दै गएको असहिष्णु उन्मुख कतिपय व्यवहार, दिनदहाडै चोरी, लुटपाट हुनु आदिको घटनाप्रति निन्दा एवं भत्सर्ना प्रकट गर्दै यसको चुस्त व्यवस्थापनका लागि सम्बद्ध निकायसमक्ष माग गरेको छ । बैठकले नगरमा यहाँको प्रारम्भिक समययता विकराल रहेको सुकुम्बासी, दोहोरो प्रकृतिको स्वामित्व, अस्तव्यस्त बसाइँ आदि समस्या अविलम्ब समाधान गर्न समेत बैठकले माग गरेको छ ।
बैठकले स्थानीय सरकार गठनका १०० दिन हुन लाग्दै गर्दा पक्ष र प्रतिपक्षको राजनीतिक शक्तिको अनिवार्य उपस्थितिमा सार्वजनिक सुनुवाइ गर्नु पर्ने माग उठेको थियो ।
यस बैठकमा पार्टीका केन्द्रीय सदस्य युवराज बास्कोटा, केन्द्रीय वन तथा वातावरण विभाग सदस्य अर्जुनकुमार क्षेत्री, प्रदेश सचिवालय सदस्य रामकुमार बस्नेत, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलको उपस्थिती रहेको थियो । पार्टीको नगर सचिव भिमकुमार राईले सञ्चालन गरेको बैठकमा नगर अध्यक्ष रमेश दाहाले अध्यक्षता गरेका थिए । समाचार स्रोत संचारकर्मी भूमिप्रसाद पाठक ।






