
पथरीशनिश्चरे नगरपालिकाको हाल सञ्चालनमा रहेको कार्यालय । तस्वीर गोपाल काफले
पथरी । निशुल्क जग्गा उपलब्ध भएको स्थानमा प्रशासनिक भवन बनाउन पहल गर्ने गर्ने ६ राजनितिक दलका नगर प्रमुखहरुले बताएका छन ।
पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न स्थानिय जग्गादाताहरु मिलेर १ बिघा १० कठठा क्षेत्रफलको जग्गा उपलब्ध गराउने घोषणा गरेको तिम्मा न्युजले स्थलगत रिपोटिङको समाचार प्रकाशन भए पछि पार्टीका नगर प्रमुखहरुले छलफल र पहल गर्ने बताएका हुन ।
नेकपा एमाले पार्टीका पथरीशनिश्चरे नगर अध्यक्ष रमेश दाहालले दाहालले जग्गा उपलब्ध गराउने दाताहरुको निर्णय स्वागतयोग्य रहेको बताउदै पार्टीभित्र छलफलको वातावरण तयारी गर्ने बताए ।
अध्यक्ष दाहालले बताए अनुसार पथरीशनिश्चरे १० को सिविरडाँडामा प्रशासनिक भवन निर्माण गर्न प्रस्ताव गरेको स्मरण गर्दै तथापी त्यस ठाउमा बनाउन पहल गर्दा अदालतले काम गर भनेको र वनले पस्न नदिएको बताए ।
प्रशासनिक भवन निर्माण गर्न सबै राजनितिक दल, समाजका अगुवा, नगरका नागरिकहरुले संयुत्त रुपमा बिवाद नहुने तरिकाले निर्णय गर्नु पर्ने बताउदै यसको लागी पहल कदमी अगाडी बढाउने अध्यक्ष दाहालको भनाई रहेको छ ।
यस्तै नेपाली कांग्रेसका पथरीशनिश्चरे नगर सभापति रुपनारायण भट्टराईले चालु भईरहेको भवनबाट पर्याप्त सेवादिन असजिलो भएको बताए । नव निर्वाचित जनप्रतिनिधिले छिटो भन्दा छिटो समाधान गर्न पहल गरिरहेको सुचना आएको र भवन निर्माणको लागी जग्गादाताहरुले जग्गा पनि उपलब्ध गराउने सुचना आएकोले यस कुरालाई पार्टीको बैठकमा पेश गरेर आधिकारिक निर्णय सार्बजानिक गर्ने बताए ।
यस्तै नेकपा माओबादी केन्द्रका स्थानिय नेता बेदनिधि खनालले किर्तिपुरमा जग्गा उपलब्ध भएको खण्डमा त्यहा प्रसानिक भवन निर्माण गर्दा आपत्ती नहुने बताए । समुदायले स्र्पूत रुपमा जग्गा उपलब्ध गराउनु राम्रो रहेको बताउदै सबैले सर्बसम्मतीबाट पारित गरेर लानु पर्ने बताए ।
पार्टीको आधिकारिक निर्णय केही समयपछि नै आउने बताउदै सबै राजनितिक दल, नागरिक अगुवाहरुले सर्बसम्मत रुपमा किर्तिपुरलाई नै केन्द्र बनाउने गरि पहल गर्न अपिल समेत गरे ।
जनता समाजवादी पार्टीको पथरीशनिश्चरे नगर अध्यक्ष फिपराज बेघाले किर्तिपुरलाई नै केन्द्र मानेर प्रसानिक भवन निर्माण गर्नुपर्ने बताए ।
पथरीशनिश्चरे नगरको वडा न. ५, ६, ७ र ४ को सिमानामा रहेको र सबै दृष्टिकोणले बिच रहेको हुनाले पनि पायक पर्ने बताउदै सोही स्थानमा हुनु पर्ने बताए ।
यस्तै एकिकृत समाजवादी पार्टी नेपाल १ नम्बर प्रदेश कमिटि सदस्य तथा पथरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दिपक बस्नेतले एकान्त ठाँउमा राख्न नहुने भन्दै किर्तीपुरमा लान नसकिने बताए ।
नगरको प्रशासनिक भवन भनेको जनताको प्रतक्ष सरोकार राख्ने केन्द्र भएको र सेवा सुबिधा हिसावले किर्तिपुर एकान्त ठाँउमा पर्ने तर्क गर्दै कर्मचारी सेवाग्राहीलाई असहज हुने बताए ।
नगरकोे प्रसाशनिक भवन बन्न जरुरी रहेको बताउदै अन्य कुनै ठाउ नै खोजी गर्नु उपयुत्त हुने बस्नेतको तर्क थियो ।
यस्तै राप्रपा नेपालको तर्फबाट संमर राईले पहिला जग्गा पास गर्नु पर्ने र त्यो पछाडी मात्रै एकिन गर्न सकिने बताए । नगरको प्रशासनिक भवन निर्माण गर्न केही दाताहरुले जग्गा उपलब्ध गराउछु भन्नु धन्यबादको पात्र रहेको बताउदै यसलाई कार्यन्यन गर्नु बताए । नगरको भवन आउछ भनेर ब्यवसायिक प्रायोजनमा केन्द्रीत पनि हुन सक्ने तर्फ औलाउदै यस्ता प्रबृतिको पार्टीले समर्थन गर्न नसक्ने र बिरोध गर्ने बताए ।
पथरीशनिश्चरे ७ किर्तिपुर बजार पूर्वपटि नगरको प्रशासनिक भवन निर्माण गर्न स्थानिय श्रीप्रसाद ढुङगानाले १० कठठा, जहरमान लिम्बुले १ कठठा, चन्द्रकुमार केसीले १ कठठा नरेन्द्र थापाले १ कठठा, लालबहादुर बस्नेतले १ कठठा, विकास लिम्बु २ कठठा, डम्बर दर्लामी २ कठठा सरोज रिजालले २ कठठा उपलब्ध गराउने उदेश्यले नगर प्रमुख मोहन तुम्बापोलाई जानकारी पत्र गत बुधवार बुझाएका थिए ।
सोही ठाउमा बिष्णु धिमाल कठठा २ , कुमार लिम्बु ३ कठठा, मिनबहादुर धिमाल २ कठठा र चन्द्रबहादुर लिम्बु २ कठठा र सन्तोष बस्नेतले २ कठठा गरि जम्मा १ बिघा ११ कठठा जग्गा उपलब्ध गराउने घोषणा गरेका छन ।
श्रीप्रसाद ढुङगानाको नाममा रहेको बयरवन ९ र को कित्त नम्बर २०३, २०४ र २०५ को जग्गा र सोही जग्गासंग सटिएको अन्य जग्गाहरु उपलब्ध गराउने जानकारी पत्रमा उल्लेख छ । हालको भवन पथरीशनिश्चरे १ मा रहेको र सो भवनमा पर्याप्तको कार्यालय सञ्चालनको लागी कक्षहरु नभएकोले स्थानियाको घर भाडामा लिएर कार्यालय सञ्चालित अवस्थामा छ ।






