पथरी । विगत २ वर्षदेखी आफनै जन्म दिएकी छोरीलाई पटक पटक करनी गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पथरीशनिश्चरे नगरमा क्षेत्रमा बसोबास गर्ने ति बाबुलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर मुद्धा चलाएको हो ।
११ वर्ष उमेर पुगेका ति बालिकालाई ४० वर्षका बाबुले पटक पटक करणी गर्ने गरेको इप्रका पथरी प्रमुख बेदप्रसाद गौतमले जनाए ।
बालिकाको आमा अर्को बिवाह गरि गएको पिडक पातकी बाबुले पनि अर्को पत्नी ल्याएको प्रहरीको भनाई रहेको छ । प्रहरीले जनाए अनुसार बालिकालाई करणी गरेको अरुलाई आफुलाई प्रहरीले पक्राउ गरिलाने र हजुर आमाले आत्माहत्या गर्ने भनेर धम्काउने गरेको प्रहरीको भनाई रहको छ ।
उनलाई हाड नाता करणीको मुद्धाको म्याद थप गरि अन्य अनुसन्धान भईरहेको इप्रका प्रहरी प्रमुख गौतमको भनाई रहेको छ । यो मुद्धामा २५ वर्ष वर्षसम्मा जेल सजाय हुने ब्यवस्था छ ।

तपाईको प्रतिक्रिया