पथरी । इलाका प्रहरी कार्यालय पथरीले ९ जनाका बिरुद्ध लागुऔषध बिरुद्धको मुद्धा दर्ता भएको छ । साउन १ गते देखी २६ गते बिहिवारको दिन सम्मा लागुऔषध सम्बन्धी मुद्धामा मात्रै ९ जनालाई पक्राउ गरि मुद्धा चलाएको हो ।
पथरीशनिश्चरे ४ वर्ष २५ का अमृतबहादुर लिम्बुलाई २ ग्राम ५ सय मिलिग्राम ब्रउन सुगर सहित मुद्धा दर्ता गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी बेद्ध प्रसाद गौतमले बताए । यस्तै पथरीशनिश्चरे २ वर्ष २७ का अजय राईलाई २ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।
प्रहरीले पथरीशनिश्चरे १ वर्ष २६ का अक्ष माझीलाई ५ सय मिलिग्राम ब्राउन सुगर सहित, पथरीशनिश्चरे १ कै २५ वर्षका दिपेश बयलकोटीलाई २ सय ३५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरि मुद्धा चलाएको प्रहरीको भनाई रहेको छ ।
यस्तै पथरीशनिश्चरे वडा न. १० वर्ष २५ का बिवेक दर्जी र वडा न. २ बस्ने वर्ष ३८ का बिपिन भनिने वीरबहादुर थापालाई १ ग्राम ७ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन ।
यस्तै पथरीशनिश्चरे २ छयालिस बिघेका सुनिल दर्जी र वडा न. ३ की ३८ वर्षका कोपिला मगरलाई ५ सय २५ ग्राम गाँजा सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेको दुबै जनालाई आइतवार म्याद थप गरिने इलाका प्रहरी कार्यालय पथरीका प्रमुख गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया