
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. २ छयालिसबिघेमा ८ वर्षका बालक पानिमा डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार पथरीशनिश्चरे २ छयालिस बिघेमा बिचमा रहेको गोहीहोली/गुहेहोलीको बाँधमा डुबेर सोही ठाउ बस्ने बर्ष ८ को अन्जान दर्जीको मृत्यु भएको हो । मृतकको लाश पोष्टमार्टमको लागी मदन भण्डारी ट्रमा सेन्टर उर्लावारीमा राखिएको प्रहरीले जनायो ।






