पथरी । नेकपा एकिकृत समाजबादी पार्टीले मोरङ्ग निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको प्रदेश (क) बाट आसन्न निर्वाचनको लागी आफना उम्मेद्धवार तय गरेको छ ।
बुधवार उत्त पार्टीको प्रदेशिक कमाण्डका संयोजक मान प्रसाद लिम्बुको अध्यक्षतामा बसेको बैठकले ४ जनाको नाम सिफारिस गरेको हो । पार्टीले उम्मेद्धवारको रुपमा मान प्रसाद लिम्बु, पथरीशनिश्चरे नगर कमिटीका अध्यक्ष तुलसी ढकाल, अर्जुन गिरी र कृष्ण कुमारी विकलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने निश्चित गर्दै उपल्लो निकायमा सिफारिस गरिएको उत्त पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया